२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता

Nada
२०८३ जेठ ८ गते १७:०६
Shares
रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता

पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता हुने भएको छ । कास्की जिल्ला अदालतले जिल्ला सरकारी वकिल कार्यालयको निवेदनलाई सदर गर्दै सहकारी ठगीबाहेकका अन्य कसुर कायम नरहने आदेश दिएको हो ।

ncell

शुक्रबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले दिएको आदेशअनुसार अब लामिछानेसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीहरूमाथि सहकारी ठगीसम्बन्धी अभियोग मात्रै कायम रहनेछ ।

यसअघि तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीको स्वीकृतिपछि जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा निवेदन दर्ता गर्दै लामिछानेविरुद्ध लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर हटाउन माग गरेको थियो । सरकारी वकिल कार्यालयले सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत राख्न अनुरोध गरेको थियो ।

अदालतको आदेशमा निवेदकको माग मनासिब देखिएको उल्लेख गर्दै मूल तथा पूरक अभियोगपत्र संशोधन गरिएको जनाइएको छ । आदेशमा सहकारी ठगीको अभियोग कायम राखी संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग कायम नरहने गरी संशोधन गरिएको उल्लेख छ ।

यो आदेशसँगै सूर्यदर्शन सहकारी प्रकरणमा मुछिएका अन्य प्रतिवादीहरूका हकमा पनि समान व्यवस्था लागू हुने भएको छ । प्रकरणमा संलग्न भनिएका जिबी राई अर्थात् गितेन्द्रबाबु राई, छविलाल जोशीलगायतविरुद्ध पनि अब सहकारी ठगीसम्बन्धी अभियोग मात्रै कायम रहनेछ ।

ताजा खबर

सम्बन्धित खबर