२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

नेपालमा ईयू उच्चस्तरीय कूटनीतिक टोलीको भ्रमण, प्रधानमन्त्रीसँग सामूहिक भेट तय

Nada
२०८३ जेठ ११ गते १५:२०
Shares
नेपालमा ईयू उच्चस्तरीय कूटनीतिक टोलीको भ्रमण, प्रधानमन्त्रीसँग सामूहिक भेट तय

काठमाडौँ : युरोपेली संघ (ईयू) को उच्चस्तरीय प्रतिनिधिमण्डल औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेको छ । भ्रमण कार्यक्रमअन्तर्गत टोलीले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग सामूहिक भेट गर्ने तय भएको छ ।

ncell

प्रधानमन्त्री शाहले यसअघि व्यक्तिगत रूपमा विदेशी कूटनीतिज्ञहरूसँग भेट नगरेको अवस्थामा ईयू प्रतिनिधिमण्डलसँगको यो सामूहिक भेट विशेष कूटनीतिक महत्त्वको रूपमा हेरिएको छ ।

नेपालका लागि ईयू राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा आएको उक्त प्रतिनिधिमण्डलमा युरोपका सदस्य राष्ट्रहरूका २२ जना राजदूत तथा उप-मिसन प्रमुखहरू सहभागी छन् । ईयू पक्षले यो भ्रमणलाई नेपाल-ईयू सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा व्याख्या गरेको छ ।

प्रतिनिधिमण्डलमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका कूटनीतिक प्रतिनिधिहरू सहभागी छन् ।

भ्रमण कार्यक्रमअनुसार टोलीले सोमबार परराष्ट्र मन्त्रालयका प्रतिनिधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीसँग छलफल गर्नेछ । त्यसैगरी निजी क्षेत्र, नागरिक समाजका अगुवा तथा युवा नेतृत्वसँग पनि छुट्टाछुट्टै भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।

ईयू प्रतिनिधिमण्डलकी प्रमुख लोरेन्जोका अनुसार यो भ्रमणले नेपालप्रति युरोपेली संघको निरन्तर प्रतिबद्धता झल्काउँछ । उनले नयाँ सरकारलाई बधाई दिनुका साथै विकास प्राथमिकतामा सहकार्य विस्तार गर्ने उद्देश्य रहेको बताइन् ।

उनका अनुसार व्यापार, लगानी, जलवायु परिवर्तन र बहुपक्षीय सहकार्यका क्षेत्रमा नयाँ अवसर पहिचान गर्दै नेपालसँग मिलेर दिगो, समावेशी र समृद्ध भविष्य निर्माणमा अघि बढ्ने ईयूको तयारी रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर