२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

भदौ २३-२४ मा भएको घटनाका कारण मन्त्रालयको बेरुजु व्यवस्थापन प्रभावित : गृहसचिव

Nada
२०८३ जेठ ११ गते १६:०१
Shares
भदौ २३-२४ मा भएको घटनाका कारण मन्त्रालयको बेरुजु व्यवस्थापन प्रभावित : गृहसचिव

काठमाडौं : गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले भदौ २३–२४ मा भएको घटनाका कारण मन्त्रालयको बेरुजु व्यवस्थापन प्रभावित भएको बताएका छन् ।

ncell

सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा बोल्दै उनले उक्त घटनामा मन्त्रालय सबैभन्दा बढी प्रभावित भएको र धेरै कार्यालयका स्रेस्ता (अभिलेख) जलेर नष्ट हुँदा लेखापरीक्षण तथा बेरुजु फर्छ्योट कार्यमा ढिलाइ भएको बताए ।

उनकाअनुसार हालसम्म ३६ वटा कार्यालयका स्रेस्ता नष्ट भएकाले लेखापरीक्षण गर्न नसकिएको अवस्था छ । सचिव श्रेष्ठले मन्त्रालयले तत्कालै केही महत्वपूर्ण कामहरू अघि बढाएको उल्लेख गर्दै पाँच प्रमुख बुँदामा कार्य प्रगति प्रस्तुत गरे । जलेर नष्ट भएका तथा अभिलेख नभएका बेरुजुसम्बन्धी विवरण महालेखा परीक्षकको कार्यालयसँग पुनः लगत भिडान गरेर नयाँ अभिलेख तयार गर्ने काम शुरु गरिएको उनले बताए ।

नियमित गर्न सकिने बेरुजुहरूलाई टुंगो लगाउने र सम्भव नभएका बेरुजुहरूलाई कानुनअनुसार कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा पठाउने प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । मातहतका निकायहरूलाई लक्ष्यअनुसार बेरुजु फस्र्यौटलाई प्राथमिकतामा राख्न निर्देशनसहित पत्राचार गरिएको बताउँदै उनले असुलउपर गर्नुपर्ने स्पष्ट बेरुजुहरूका सम्बन्धमा पनि मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएको बताए ।

ताजा खबर

सम्बन्धित खबर