२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

आइसिटी क्लब अफ कालिकाको नयाँ कार्यसमिति घोषणा, प्रविधिमैत्री कार्यक्रमलाई तीव्रता दिने तयारी

Nada
शिशिर गौतम
२०८३ जेठ ११ गते १८:१९
Shares
आइसिटी क्लब अफ कालिकाको नयाँ कार्यसमिति घोषणा, प्रविधिमैत्री कार्यक्रमलाई तीव्रता दिने तयारी

बुटवल : आइसिटी क्लब अफ कालिकाले आइसिटी वर्ष २०८३/८४ का लागि नयाँ निर्वाचित कार्यसमिति घोषणा गर्दै आगामी कार्यकालका योजना सार्वजनिक गरेको छ । क्लबको पहिलो निर्वाचित बैठकले आगामी कार्यकालका योजना सार्वजनिक गरेको हो ।

ncell

बैठकमा २९ जना निर्वाचित बोर्ड सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा आगामी कार्यकालका प्राथमिकता, आइसिटी क्षेत्रलाई विद्यालयस्तरबाट राष्ट्रिय स्तरसम्म विस्तार गर्ने रणनीति तथा विद्यार्थीहरूलाई प्रविधिमैत्री बनाउने योजनामाथि विस्तृत छलफल गरिएको क्लबले जनाएको छ ।

नवगठित कार्यसमितिको अध्यक्षमा रामित न्यौपाने चयन भएका छन् । उपाध्यक्षमा अमन पोखरेल र आदित्य खनाल रहेका छन् भने सचिवको जिम्मेवारी मनसुन पौडेलले पाएका छन् । सह–सचिवमा समृद्ध पौडेल, कोषाध्यक्षमा डेनिस चिडी तथा सह–कोषाध्यक्षमा अप्सरा राणा भाट चयन भएका छन् ।

त्यस्तै, कार्यकारी प्रमुखमा शुसान्त गौतम, इभेन्ट कोअर्डिनेटरमा रौनक आचार्य तथा आइटी निर्देशकमा प्रशान्त पाण्डे र विराट पाण्डे चयन भएका छन् । मिडिया टिममा आदर्श बन्जाडे र सृजन पाण्डे रहेका छन् ।

कक्षा प्रतिनिधिहरूमा कक्षा ९ का अकार्शन पौडेल र कक्षा १० का प्रसून कँडेल चयन भएका छन् । विभिन्न शैक्षिक तथा विभागीय प्रतिनिधिहरूमा अर्जुन खनाल, सबिना अधिकारी, अनुसा अधिकारी, बिमर्ष बस्नेत र एन्जल खत्री रहेका छन् । साथै कार्यकारी सदस्यहरूमा रागिनी रेग्मी, अश्विन गौतम, बृन्दा ढकाल, विजय पन्थी, बिन्दु न्यौपाने, श्वेता लम्साल, रोशनी भट्टराई, आरध्या सुवेदी तथा आशीष जीएम लगायत रहेका छन् ।

बैठकमा क्लब नेतृत्वले आइसिटी क्लब अफ कालिकालाई विद्यालयको सीमाभन्दा बाहिर विस्तार गर्दै राष्ट्रिय स्तरमा आइसिटी ज्ञान, सीप र अवसर उपलब्ध गराउने लक्ष्य रहेको उल्लेख गरेको छ । अध्यक्ष रामित न्यौपानेले प्रविधिको तीव्र विकाससँगै विद्यार्थीहरूलाई डिजिटल युगअनुकूल दक्ष बनाउनु क्लबको मुख्य उद्देश्य रहेको बताए । उनले क्लबलाई केवल अतिरिक्त गतिविधिको माध्यम नभई नवप्रवर्तन र सिकाइको केन्द्रका रूपमा विकास गरिने धारणा राखे ।

बैठकले प्रत्येक महिनामा कम्तीमा दुई वटा आइसिटी सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ । साइबर सुरक्षा, कृत्रिम बौद्धिकता (एआई), डिजिटल मार्केटिङ, रोबोटिक्स, प्रोग्रामिङ तथा उद्यमशीलतासम्बन्धी कार्यशाला, तालिम र सेमिनार सञ्चालन गर्ने योजना क्लबले अघि सारेको छ ।

क्लबका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूको व्यवहारिक ज्ञान र प्रतिस्पर्धात्मक क्षमता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै स्थानीय व्यवसायी, उद्योगी तथा सामाजिक व्यक्तित्वसँग सहकार्य गर्दै आइसिटी प्रवर्धन अभियानलाई समुदायस्तरसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ ।

बैठकमा सहभागी सदस्यहरूले नेपालमा आइसिटी शिक्षालाई अझ व्यवस्थित, व्यवहारिक र प्रभावकारी बनाउन विद्यालय तहदेखि नै प्रविधिमैत्री वातावरण निर्माण आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

क्लबले आगामी दिनमा राष्ट्रिय स्तरका आइसिटी प्रतियोगिता, नवप्रवर्तन कार्यक्रम तथा सीपमूलक तालिम आयोजना गर्दै विद्यार्थीहरूलाई सक्षम, आत्मनिर्भर र नवप्रवर्तनशील बनाउने प्रतिबद्धता समेत जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर