२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

Nada
२०८३ जेठ १२ गते ११:५७
Shares
काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

काठमाडौँ : काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन् ।

ncell

महाराजगंज नगरपालिका–४ बरइपुरस्थित तौलिहवा–बहादुरगंज हुलाकी सडकखण्डमा काठमाडौँबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १२६६ नं को बस बिहान सवा ३ बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम, र अन्य १७ जना सामान्य रहेको बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर