२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सरकारसँग सांसदहरूको माग- विपद्को पीडामा परेका नागरिकलाई तत्काल राहतको व्यवस्था गरियोस्

Nada
२०८३ जेठ १२ गते १२:१०
Shares
सरकारसँग सांसदहरूको माग- विपद्को पीडामा परेका नागरिकलाई तत्काल राहतको व्यवस्था गरियोस्

काठमाडौं : सांसदहरूले विपद्‍मा परेका नागरिकहरूलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

ncell

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा बोल्दै आशिष गजुरेल, बलावती शर्मा, गोविन्द पन्थी, भुमिका लिम्बू सुब्बालगायतका सांसदहरूले गएराति आएको हावाहुरीलगायतका कारण गुल्मी, बाग्लुङ, पाँचथर, सिन्धुली लगायतका ठाउँहरूमा जनजीवन प्रभावित भएको भन्दै तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

सांसद आशिष गजुरेलले पानीजन्य जोखिम नियन्त्रणका लागि विद्यालयलगायतका ठाउँहरूमा उचित ज्ञानको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले सिन्धुली जिल्लामा हालै पौडी खेल्ने क्रममा एक युवाको ज्यान गएको दृष्टान्त पेस गर्दै त्यस्ता खालको जोखिम हुनबाट बचाउनका लागि पूर्वाधार विकासमा पनि सुरक्षाको मापदण्ड पालना नगर्नेहरूमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराए ।

सांसद गोविन्द पन्थीले गएराति आएको हावाहुरीले गुल्मी जिल्लाको विभिन्न ठाउँमा ठुलो क्षति पुगेको उल्लेख गर्दै विपद्‍मा परेका नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले सरकारले पीडित नागरिकको उद्धारमा विशेष ध्यान दिनुपर्ने पनि बताए ।

बाग्लुङमा पनि हावाहुरीमा पनि नागरिकले पीडा भोग्नु परेकाले सरकारले तत्काल उनीहरूलाई राहतको व्यवस्था गर्नुपर्ने सांसद बलावती शर्माले बताइन् । उनले जोखिमयुक्त बस्तीमा बसेका नागरिकलाई उचित ठाउँमा स्थानान्तरण गर्न पनि सरकारलाई सचेत गराइन् ।

सांसद भूमिका लिम्बू सुब्बाले पाँचथरमा पनि बाढी र पहिरोका कारण भएको क्षतिको एकीन विवरण तय गरी नागरिकलाई राहतको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

सांसद सुब्बाले सरकारले पीडामा रहेका नागरिकलाई तत्काल अस्थायी बासको व्यवस्था बनाउन पनि ढिलाइ गर्न नहुने बताइन् ।

ताजा खबर

सम्बन्धित खबर