२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

रोपाइँअघि रासायनिक मल उपलब्ध गराउन सांसद सिंहद्वारा सरकारको ध्यानाकर्षण

Nada
२०८३ जेठ १२ गते १२:३७
Shares
रोपाइँअघि रासायनिक मल उपलब्ध गराउन सांसद सिंहद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ : प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश कुमार सिंहले कृषकलाई समयमै रासायनिक मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

ncell

शून्य समयमा धारणा राख्दै उनले धान रोपाइँ सुरु हुन अब केही समय मात्रै बाँकी रहेकाले किसानले मल अभाव झेल्न नपर्ने सुनिश्चितता गर्न सरकारसँग माग गरे। उनले आगामी १० देखि १५ दिनभित्र रोपाइँ सुरु हुने उल्लेख गर्दै आवश्यक परिमाणमा मल आपूर्ति व्यवस्थापन गर्नुपर्ने बताए ।

सांसद सिंहले उखु किसानले पाउनुपर्ने भुक्तानीसम्बन्धी विषय पनि उठाएका छन्। उनका अनुसार चिनी उद्योगबाट किसानले रकम प्राप्त गर्न नसकेको अवस्था रहेको छ भने सरकारले उपलब्ध गराउने भनिएको भुक्तानीसमेत हालसम्म किसानसम्म नपुगेको उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर