
काठमाडौं : प्रतिपक्षी दल नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सुर्तीजन्य पदार्थमा करको दर वृद्धि गर्न सरकारसँग माग गरेका छन् ।
नेपालमा सुर्तीजन्य पदार्थबाट आक्रान्त भएका मानिसहरुको संख्या बढ्दै गएको उल्लेख गर्दै उनले त्यसलाई नियन्त्रण गर्नका लागि उक्त पदार्थमा सरकारले करको दर बढाउनुपर्ने बताएका हुन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समय लिएर बोल्दै सांसद बरालले भारत र बंगलादेशमा पनि त्यस्ता वस्तुको करको दरमा व्यापक वृद्धि गरिएको उल्लेख गर्दै नेपालले पनि त्यसमा बढाउन आवश्यक रहेको तर्क समेत गरे ।
सांसद बरालले सरकारले सुर्तीजन्य पदार्थको सेवनलाई नियन्त्रण गर्न करको दर बढाउने कुरा नै सबैभन्दा प्रभावकारी कदम हुने समेत स्पष्ट पारे ।