२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सरकारले पत्रकारहरूलाई आतंकित बनाउने काम तत्काल बन्द गरोस् : युवराज दुलाल

Nada
२०८३ जेठ १२ गते १४:२३
Shares
सरकारले पत्रकारहरूलाई आतंकित बनाउने काम तत्काल बन्द गरोस् : युवराज दुलाल

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले पत्रकार किशोर श्रेष्ठलाई गिरफ्तार गर्ने भनिएको विषयले सिंगो आम सञ्चार क्षेत्रलाई आतंकित बनाएको टिप्पणी गरेका छन् ।

ncell

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले समाचार लेखिएको आधारमा सरकारले पत्रकारहरूलाई आतंकित गर्ने प्रवृत्ति देखिएको भन्दै तत्काल रोक्न पनि माग गरे ।

प्रमुख सचेतक दुलालले पत्रकारहरूले सरकारका कमीबारे समाचार लेख्न पाउने भन्दै त्यसैको आधारमा सरकारले पत्रकार श्रेष्ठलाई गिरफदार गर्ने भनि फैल्याइएको आतंकले सिंगो आम सञ्चार माध्याममा नकारात्मक सन्देश गएको पनि बताए ।

पत्रकारहरूको समाचार लेखनबारे नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल भएकाले सरकारले उनीहरूलाई आतंकित पारेर राज्यशक्तिको दुरुपयोग गर्न नहुने पनि उनले बताए ।

प्रमुख सचेतक दलालले पत्रकारहरूमाथि राज्यको शक्तिको दुरुपयोग हुनेकुरा मान्य नहुने पनि बताए ।

ताजा खबर

सम्बन्धित खबर