२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

विपक्षीको विरोधलाई 'तमासा' भनेपछि संसद्‍मा तनाव, बैठक १५ मिनेटका लागि स्थगित

Nada
२०८३ जेठ १२ गते १५:३०
Shares
विपक्षीको विरोधलाई 'तमासा' भनेपछि संसद्‍मा तनाव, बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं : प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरी छलफल भइरहेका बेला विवाद उत्पन्न भएपछि बैठक स्थगित गरिएको हो ।

ncell

छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले सरकारले अध्यादेश ल्याउनु सही भएको दाबी गर्दै प्रतिपक्षी दलहरूले संसद्‍मा ‘तमासा’ देखाएको टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री वालेन्द्र शाहको जवाफ माग गर्दै विरोधमा उत्रिएका प्रतिपक्ष दलहरुले खरेलको अभिव्यक्तिप्रति झनै आक्रामक रुपमा विरोध जनाए ।

उक्त अभिव्यक्तिप्रति प्रतिपक्षी दलका सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेपछि सदनमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो ।

सांसद खरेलको भनाइलाई लिएर प्रतिपक्षी दलहरू थप आक्रोशित भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्ने घोषणा गरेका हुन् ।

ताजा खबर

सम्बन्धित खबर