२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

अख्तियारद्वारा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

Nada
२०८३ जेठ १२ गते १७:१२
Shares
अख्तियारद्वारा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ncell

सरकारी साक्षीका रूपमा उपस्थित गराइएका तीन जनाले गलत बयान दिएको भन्ने आयोगको आरोप छ । आयोगले उनीहरूलाई विशेष अदालतमा यसअघि नै दर्ता भएको एक मुद्दामा साक्षीका रूपमा उपस्थित गराएको थियो । सरकारी साक्षीका रूपमा उपस्थित प्रल्हाद गौतम, विप्लव पोख्रेल र राजेश श्रेष्ठले अनुसन्धानका क्रममा सहयोग नगरेको र गलत बकपत्र दिएको आयोगको दाबी छ ।

गत वैशाख २५ गते विशेष अदालतमा बकपत्र गर्दा अनुसन्धान अधिकृतसमक्ष गरेको बयान प्रतिकूल हुनेगरी बयान दिएको पुष्टि भएको छ ।

आयोगले स्याङ्जा पुतलीबजारका विप्लव पोखरेलविरुद्ध रु ५६ हजार ३५०, हेटौंडा उपमहानगरपालिकाका प्रल्हाद गौतमविरुद्ध रु ३७ हजार ५००  र सिन्धुपाल्चोक त्रिपुरासुन्दरीका राजेश श्रेष्ठविरुद्ध रु २७ हजार ३५० बराबरको बिगो माग दाबी गरेको छ । उनीहरूले सो बराबरको रकम ढुण्डिराज दाहाललाई घुसबापत दिएका थिए । दाहाल यसअघि नै घुस लिएको अभियोगमा पक्राउ परेका थिए ।

ताजा खबर

सम्बन्धित खबर