२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी हुँदा ठूलो क्षति : मानव अधिकार आयोग

Nada
२०८३ जेठ १३ गते १८:२०
Shares
सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी हुँदा ठूलो क्षति : मानव अधिकार आयोग

काठमाडौँ :  जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय मानव अधिकार आयोगले राज्यले सुरक्षाकर्मीलाई आवश्यक स्तरमा स्रोत-साधन उपलब्ध गराउन नसक्दा सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी देखिएको र त्यसको प्रत्यक्ष असर स्वरूप ठूलो क्षति भएको निष्कर्ष निकालेको छ ।

ncell

आयोगका अनुसार घटनाका क्रममा फिल्डमा खटिएका सुरक्षाकर्मीहरू पर्याप्त सुरक्षा सामग्रीको अभावका कारण प्रभावकारी रूपमा नियन्त्रण गर्न असमर्थ बनेका थिए । प्रतिवेदनमा स्रोत-साधनको अभावका कारण कतिपय अवस्थामा प्रहरीलाई आफ्नो ज्यान जोगाउनसमेत पछि हट्नुपर्ने अवस्था आएको उल्लेख छ ।

प्रतिवेदनअनुसार माइतीघर क्षेत्रबाट बबरमहलतर्फ अघि बढेको प्रदर्शनका क्रममा भीडमा घुसपैठ भएको र त्यसपछि प्रहरी तथा प्रदर्शनकारीबीच लगातार झडप भएको देखिएको छ । सो क्रममा प्रदर्शनकारीहरूले लाठी, तीर र गुलेलीजस्ता सामग्री प्रयोग गर्दै संसद भवनको पर्खालसमेत तोडफोड गरेको विवरण प्रतिवेदनमा समावेश गरिएको छ ।

स्थिति थप तनावपूर्ण बनेपछि आगजनी र सुरक्षाकर्मीमाथि आक्रमणको जोखिम बढेको भन्दै प्रहरीले अश्रुग्यास प्रयोग गरेर भीड तितरबितर पार्ने प्रयास गरेको थियो । तर त्यसपछि प्रदर्शनकारी अझ बढी आक्रोशित भई सुरक्षाकर्मीप्रति आक्रामक बनेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले फिल्डमा खटिएका प्रहरीलाई ढाल, हेल्मेट, बुलेटप्रुफ भेस्ट तथा बुलेटप्रुफ सवारीसाधनजस्ता आत्मसुरक्षाका सामग्री पर्याप्त रूपमा उपलब्ध गराउन नसकिएको तथ्यलाई प्रमुख कमजोरीका रूपमा औँल्याएको छ । प्रतिवेदनमा पर्याप्त सुरक्षा सामग्री नहुँदा प्रदर्शन नियन्त्रण प्रभावकारी हुन नसकेको र कतिपय अवस्थामा प्रहरीले पक्राउ गर्ने अवस्था गुमाउँदै पछि हट्नुपरेको उल्लेख छ ।
 
त्यसैगरी, नियन्त्रणको अवस्था बिग्रँदै जाँदा प्रहरी बाध्य भएर गोली चलाउने अवस्थासम्म पुगेको पनि प्रतिवेदनमा उल्लेख छ । आवश्यक सावधानी र स्रोत-साधनको अभावकै कारण हातहतियारको प्रयोग र नियन्त्रण प्रक्रिया पनि प्रभावकारी हुन नसकेको आयोगको निष्कर्ष छ ।
 

ताजा खबर

सम्बन्धित खबर