२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

पोखरामा हटाइए सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना

Nada
२०८३ जेठ १४ गते १४:३१
Shares
पोखरामा हटाइए सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना

काठमाडौँ : पोखरा महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचनामा हटाउने कार्य अघि बढाएको छ ।

ncell

महानगरपालिका-९ अन्तर्गत पृथ्वीचोक बसपार्क क्षेत्र आसपास सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका टहरा तथा अन्य संरचनामा नगरले डोजर सञ्चालन गरी हटाएको हो ।

सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत सो क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना हटाइएको महानगरले जनाएको छ ।

कारबाहीका क्रममा महानगरको प्राविधिक टोली, नगर प्रहरी तथा सम्बन्धित निकायको समन्वयमा डोजर प्रयोग गरी संरचना हटाउने काम सम्पन्न गरिएको बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर