२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

संघीय संसद्को झण्डासहित सगरमाथा आरोहण गरेर फर्किए रास्वपा सांसद मिङ्मा डेभिड शेर्पा

Nada
२०८३ जेठ १४ गते १९:११
Shares
संघीय संसद्को झण्डासहित सगरमाथा आरोहण गरेर फर्किए रास्वपा सांसद मिङ्मा डेभिड शेर्पा

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य मिङ्मा डेभिड शेर्पा सगरमाथा आरोहण सम्पन्न गरी काठमाडौँ फर्किएका छन् ।

ncell

उनले संघीय संसद्को लोगो अंकित झण्डा बोकेर बुधबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् । बिहान ५ बजेर ४० मिनेटमा उनले शिखरमा पुगेको जानकारी सार्वजनिक गरिएको छ ।

‘सदनदेखि शिखरसम्म’ भन्ने नारासहित आरोहण अभियानमा सहभागी भएका शेर्पाले नवौँ दिनमा सगरमाथाको चुचुरोमा पुग्दै संसद् र हिमालबीचको प्रतीकात्मक सन्देश विश्व समुदायसमक्ष प्रस्तुत गरेको जनाइएको छ ।

३७ वर्षीय मिङ्मा ग्याबु शेर्पा पर्वतारोहण क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा परिचित व्यक्तित्व मानिन्छन् । ‘मिङ्मा डेभिड’ नामबाट परिचित उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गर्ने सबैभन्दा कम उमेरका आरोहीमध्ये एकको कीर्तिमान बनाएका छन् ।

उनी २०८२ सालको आम निर्वाचनमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनजाति समानुपातिक समूहअन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
 

ताजा खबर

सम्बन्धित खबर