२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

बाँफिकोटमा सार्वजनिक सुनुवाइ

Nada
२०८३ जेठ १४ गते २१:०२
Shares
बाँफिकोटमा सार्वजनिक सुनुवाइ

रुकुम पश्चिम : रुकुम पश्चिम  बाँफिकोट गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा शहीद स्मृति भवन बाफिकोटमा कार्यक्रम सम्पन्न गरिएको हो । 

ncell

सार्वजनिक सुनुवाइमा स्थानीयवासीले खानेपानी, स्वास्थ्य, शिक्षा लगायत विभिन्न विषयमा जिज्ञासा तथा प्रश्न राखेका थिए ।

उठाइएका प्रश्नहरूको जवाफ गाउँपालिका अध्यक्ष जनककुमार बाठा, उपाध्यक्ष तारा बुढा केसी, प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाह, शाखा प्रमुख तथा वडा अध्यक्षहरूले दिएका थिए ।

गाउँपालिकाले हालसम्म गरेका काम, योजना तथा सेवा प्रवाहबारे नागरिकलाई जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाइ आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत शाहले बताए ।

कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका सहसचिव प्रचण्ड खत्री तथा अध्यक्ष गोपाल प्रसाद रेग्मीले गरेका थिए ।

सार्वजनिक सुनुवाइमार्फत स्थानीय सरकार र नागरिकबीच प्रत्यक्ष संवाद तथा जवाफदेहिताको अभ्यासलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर