
काठमाडौं : सरकारले सञ्चारमाध्यमका लागि ३३ करोड रुपैयाँ लोककल्याणकारी विज्ञापन छुट्याएको छ ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यसबारे जानकारी दिएको हो ।
उनले सूचना तथा सञ्चार क्षेत्रका लागि ५ अर्ब ९३ करोड रकम विनियोजन गरेको घोषणा गरे ।