२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

महिलाको क्षमता, सिर्जनशीलता, नेतृत्व र योगदान राष्ट्र निर्माणका मुख्य आधारस्तम्भ हुन् : नेता आङदेम्बे

Nada
२०८३ जेठ १६ गते १२:०५
Shares
महिलाको क्षमता, सिर्जनशीलता, नेतृत्व र योगदान राष्ट्र निर्माणका मुख्य आधारस्तम्भ हुन् : नेता आङदेम्बे

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा आमाहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । 

ncell

दिवसको अवसरमा शनिबार एक शुभकामना सन्देश जारी गर्दै उनले महिलाको क्षमता, सिर्जनशीलता, नेतृत्व र योगदान राष्ट्र निर्माणका मुख्य आधारस्तम्भ भएको उल्लेख गरेका हुन् ।

नेता आङदेम्बेले राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्वले मात्रै समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्न सकिने स्पष्ट पारेका छन् । 

नेपालको संविधानले सुनिश्चित गरेका महिला अधिकारहरूको प्रभावकारी कार्यान्वयन, समान अवसरको सुनिश्चितता तथा महिलाको आत्मनिर्भरता र सशक्तीकरण आजको प्रमुख आवश्यकता रहेको उनको भनाइ छ । कानुनी रूपमा अधिकार प्राप्त भए पनि त्यसलाई व्यवहारमा उतार्न अझै थप प्रयासको खाँचो रहेको उनले औँल्याएका छन् ।

महिलाको क्षमता, सिर्जनशीलता, नेतृत्व र योगदान राष्ट्र निर्माणका आधारस्तम्भ भएको उल्लेख गर्दै आङ्देम्बेले राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्वले मात्रै समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्न सकिने बताएका छन् ।

संविधानले सुनिश्चित गरेका महिला अधिकारहरूको प्रभावकारी कार्यान्वयन, समान अवसरको सुनिश्चितता तथा महिलाको आत्मनिर्भरता र सशक्तीकरण आजको प्रमुख आवश्यकता भएको उनको भनाइ छ ।

कांग्रेस नेता आङदेम्बेले राष्ट्रिय महिला अधिकार दिवसले नेपाली समाजमा महिला अधिकारप्रति थप जागरण फैलाउने अपेक्षा गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर