२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्रचण्डको अवस्था सुधारोन्मुख, भोलिसम्म डिस्चार्ज हुने

Nada
२०८३ जेठ १७ गते १२:००
Shares
प्रचण्डको अवस्था सुधारोन्मुख, भोलिसम्म डिस्चार्ज हुने

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य सुधारोन्मुख देखिएको छ । चार दिनदेखि अस्वस्थ रहँदै आएका प्रचण्डलाई शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

ncell

रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण चिकित्सकहरूको सल्लाहमा उनलाई अस्पताल भर्ना गरिएको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका थिए । चिकित्सकहरूले अहिले भेटघाट नगर्न सल्लाह दिएका दिएका थिए ।

आइतबार प्रचण्डलाई भेट्न पुगेका नेकपाका नेता रामप्रसाद सापकोटा दीपशिखाले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए । सोमबारसम्म उनी डिस्चार्ज हुने दीपशिखाले बताए । 

अस्वस्थका कारण प्रचण्ड जेठ १५ गते टुँडिखेलमा आयोजित गणतन्त्र दिवस समारोह र सङ्घीय संसद्को बजेट अधिवेशनमा पनि सहभागी भएका थिएनन् । 

ताजा खबर

सम्बन्धित खबर