२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

काठमाडौँ उपत्यकासहित देशका विभिन्न प्रदेशमा मध्यम वर्षा, मौसम क्रमशः सुधार हुने सम्भावना

Nada
२०८३ जेठ १७ गते १७:०२
Shares
काठमाडौँ उपत्यकासहित देशका विभिन्न प्रदेशमा मध्यम वर्षा, मौसम क्रमशः सुधार हुने सम्भावना

काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा मध्यम स्तरसम्मको वर्षा भइरहेको छ । 

ncell

विशेष गरी लुम्बिनी, कर्णाली, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार ती क्षेत्रमा वर्षा केही समय अझै जारी रहने अनुमान गरिएको छ। यद्यपि रातको समयमा मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको बताइएको छ ।

पछिल्लो विवरणअनुसार करिब एक घण्टाअघि दोलखाको सिंगटी क्षेत्रमा सबैभन्दा बढी २० मिलिमिटर वर्षा मापन गरिएको छ ।

मौसमविद्हरूका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म फैलिएको न्यून चापीय रेखाको संयुक्त प्रभाव सक्रिय रहेको छ, जसका कारण मौसम परिवर्तनशील बनेको हो ।

त्यसैगरी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आकाश सामान्यतया बदली रहेको छ भने कोशी, मधेस र बागमती प्रदेशका केही भागमा आंशिक बादल लागेको महाशाखाले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर