२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

Nada
२०८३ जेठ १८ गते १२:४७
Shares
रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । रास्वपाको नेतृत्वमा सरकार गठन भएपश्चात सभापति लामिछानेको यो पहिलो औपचारिक भारत भ्रमण हो ।

ncell

सभापति लामिछानेसँग श्रीमती निकिता पौडेल पनि भारत भ्रमणमा छिन् ।  सत्तारुढ दलका प्रमुखको यस भ्रमणलाई राजनीतिक वृत्तमा विशेष चासो र महत्वका साथ हेरिएको छ ।

भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यद्यपि मोदीसँगको भेटको टुंगो भने लागि सकेको छैन ।

उनको यस भ्रमणले दुई देशबीचको राजनीतिक सम्बन्ध र आपसी हितका विषयमा संवाद हुने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर