२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध

Nada
२०८३ जेठ १८ गते १४:०६
Shares
प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा राखेको नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा बैठकमा प्रतिपक्ष दलहरुले विरोध जनाएका छन् । 

ncell

सोमबारको बैठकमा प्रतिपक्षी दलहरूले उभिएर प्रधानमन्त्री शाहको भनाइप्रति आपत्ति जनाउँदै विरोध गरेका हुन् । अध्यक्ष नारायणप्रसाद दाहालले सदनको कारबाही सुचारु गर्न लाग्दा प्रतिपक्षी दलहरुले उभिएर प्रधानमन्त्रीको विरोध जनाए ।

प्रधानममन्त्रीको भनाइ संसद्को रेकर्डबाट नहटेसम्म सदन अवरुद्ध जारी राख्ने चेतावनी दिए ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले भारतले मात्रै नेपालको भूमि मिचेको नभइ नेपालले पनि भारतीय भूमि मिचेको र वार्ताद्वारा समाधान गर्ने बताएका थिए ।

प्रधानमन्त्रीको भनाइपछि विपक्षी दल लगायत बुद्धिजीविहरुले प्रधानमन्त्रीको उक्त भनाइ राष्ट्रघाती भएको टिप्पणी गर्दै आएका छन् । राष्ट्रिय सभाको बैठक अहिले अवरुद्ध छ ।

ताजा खबर

सम्बन्धित खबर