२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्रधानमन्त्रीको अभिव्यक्ति चियापसलमा गफ गरे जस्तो हुनुहुँदैन : ज्ञानेन्द्र शाही

Nada
२०८३ जेठ १८ गते १४:५१
Shares
प्रधानमन्त्रीको अभिव्यक्ति चियापसलमा गफ गरे जस्तो हुनुहुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति तथ्य र प्रमाणमा आधारित हुनुपर्ने बताएका छन् ।

ncell

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाहको नेपालले भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउएका हुन् ।

उनले भारतको सीमा मिचेको दाबीको आधार संसद्‍मा पेस गर्न प्रधानमन्त्रीसँग माग गरे । प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्र भएपनि सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार र प्रमाणमा आधारित हुनुपर्ने उनको भनाइ छ ।

उनले सामान्य नागरिकले व्यक्त गर्ने धारणा र प्रधानमन्त्रीले संसद्‍मा राख्ने भनाइको प्रभाव फरक हुने उल्लेख गर्दै प्रधानमन्त्रीका अभिव्यक्तिलाई देशको आधिकारिक दृष्टिकोणका रूपमा लिइने भएकाले तथ्य बिनाका दाबी स्वीकार्य नहुने धारणा राखे ।

उनले सरकारसँग नेपालतर्फको भूमि भारतले मिचेको भन्ने दाबी पुष्टि गर्ने कुनै प्रमाण वा तथ्यांक भए संसद्‍मा पेस गर्न आग्रह गरे । प्रमाण नभए जनतालाई भ्रमित गर्ने खालका अभिव्यक्तिबाट सरकार स्वयं जोगिनुपर्ने उनको भनाइ थियो ।

उनले तथ्यांकविहीन अभिव्यक्ति राजनीतिक भाषण हुन सक्ने तर राज्य सञ्चालनको आधार बन्न नसक्ने टिप्पणी गरे । राष्ट्र अनुमानले नभई तथ्यका आधारमा चल्ने उनको भनाइ छ ।

उनका अनुसार भावनाले ताली पाउन सक्छ, तर तथ्यले मात्रै विश्वास जित्न सक्छ । शाहीले प्रधानमन्त्रीले संसद्‍मा बोलेका शब्दहरू प्रमाणसहित पुष्टि गर्नुपर्ने अन्यथा संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरे ।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य राजनीतिक टिप्पणी नभई देशको कार्यकारी प्रमुखले सम्मानित संसदमा उठाएको विषय भएकाले त्यसको पुष्टि आवश्यक रहेको जिकिर गरे ।

ताजा खबर

सम्बन्धित खबर