२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्रधानमन्त्रीलाई श्रम संस्कृति पार्टीको प्रश्न- भारतले मागे कुन भूमि फिर्ता दिनुहुन्छ ?

Nada
२०८३ जेठ १८ गते १५:१७
Shares
प्रधानमन्त्रीलाई श्रम संस्कृति पार्टीको प्रश्न- भारतले मागे कुन भूमि फिर्ता दिनुहुन्छ ?

काठमाडौं : श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‍मा दिएको राष्ट्रघाती अभिव्यक्तिबारे तत्काल माफी माग्नुपर्ने माग गरेको छ । 

ncell

प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भनि दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको निष्कर्ष निकाल्दै संसद्को रोष्टमबाट नै माफी माग्नुपर्ने माग उक्त पार्टीका सांसद आर्यन राईले गरेका हुन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भारतले पनि हाम्रो भूमि फिर्ता गर भनेर माग्यो भने कुन भूमि फिर्ता दिने ? भनि प्रधानमन्त्री साहलाई प्रश्न पनि गरे ।

सांसद राईले नेपालले कुनै पनि मुलुकको भूमि नमिचेको पनि पटक-पटक बताए । उनले प्रधानमन्त्री साहको उक्त अभिव्यक्तिले आफूलाई गहिरो दुखी र लज्जावोध गराएको पनि बताए ।

सांसद राईले प्रधानमन्त्री शाहले नेपालको इतिहासमा नै सबैभन्दा कमजोर, मिथ्या र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै आक्रोश पनि व्यक्त गरे । 

ताजा खबर

सम्बन्धित खबर