२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

संसद्‍मा अमर्यादित व्यवहार गर्ने सांसदहरूमाथि छानबिन गर्न जाँचबुझ समिति गठन

Nada
२०८३ जेठ १८ गते १७:२४
Shares
संसद्‍मा अमर्यादित व्यवहार गर्ने सांसदहरूमाथि छानबिन गर्न जाँचबुझ समिति गठन

काठमाडौं : प्रतिनिधिसभाको आइतबारको बैठकमा अमर्यादित व्यवहार गर्ने सांसदहरूमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरिएको छ । 

ncell

सभाको सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसद्‍मा अमर्यादित व्यवहार देखाउने र संसद बैठक कक्षमा भौतिक क्षति गर्ने सांसदहरूमाथि छानबिन गर्न प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरिएको जानकारी दिए ।

उनकाअनुसार जाँचबुझ समितिमा सभाको व्यवस्थापन शाखा प्रमुख र प्रविधि शाखा प्रमुख समेत सदस्य रहेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विपक्षी दलका सांसदहरूले वेल घेराउ गरेका थिए ।

त्यस क्रममा नाराबाजी भएको थियो । त्यस क्रममा भएको धकेलाधकेलमा केही मर्यादापालकका ब्याच हराएको, केही मर्यादापालकलाई सामान्य चोटसमेत लागेको बताइएको छ ।

उनले उक्त समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने जानकारी दिँदै प्रतिवेदनको आधारमा थप प्रक्रिया अगाडि बढ्ने बताए ।

ताजा खबर

सम्बन्धित खबर