
काठमाडौं : पं.नबराज शारदा स्मृति समाजले तीन जना छात्रालाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ ।
पं.पौडेलको १०७औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा छात्राहरूलाई छात्रवृत्ति वितरण गरिएको हो । समाजका अध्यक्ष निर्मलराज पौडेलले पं.पौडेलको स्मृतिमा प्रत्येक वर्ष सामाजिक कार्यमार्फत योगदान पु¥याउने प्रतिबद्धताअनुसार छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए ।
उनले शिक्षा क्षेत्रमा सहयोग गर्दै प्रतिभावान तथा आवश्यकता भएका विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको बताए ।
कार्यक्रममा योगी नरहरी नाथ आध्यात्मिक परिषद्का अध्यक्ष शंकरराज पौडेलले समाजले गर्दै आएका सामाजिक तथा शैक्षिक गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
पौडेलका अनुसार समाजले संस्कृति, कर्मकाण्ड, सामाजिक संस्कार तथा नेपाली संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
समाजले शिक्षा, संस्कृति र सामाजिक क्षेत्रमा योगदान पु¥याउने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएको जनाएको छ ।