२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सगरमाथा १० पटक आरोहण गरेका सांसद मिङ्मा शेर्पालाई संघीय संसदद्वारा सम्मान

Nada
२०८३ जेठ १९ गते १२:३९
Shares
सगरमाथा १० पटक आरोहण गरेका सांसद मिङ्मा शेर्पालाई संघीय संसदद्वारा सम्मान

काठमाडौँ : विश्वको सर्वोच्च शिखर सगरमाथामा १० पटक सफल आरोहण गरेका प्रतिनिधि सभा सदस्य मिङ्मा ग्याबु शेर्पा सम्मानित भएका छन् । संघीय संसद सचिवालयले सिंहदरबारमा आयोजना गरेको विशेष कार्यक्रममा उनलाई सम्मान प्रदान गरिएको हो ।

ncell

कार्यक्रममा सभामुख, राष्ट्रिय सभा अध्यक्ष तथा उपसभामुखको उपस्थितिमा शेर्पालाई औपचारिक रूपमा सम्मान गरिएको सचिवालयले जनाएको छ । सम्मान कार्यक्रममा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले संयुक्त रूपमा उनलाई सम्मान गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणालीमार्फत सांसद बनेका शेर्पा ‘मिङ्मा डेभिड’ नामले समेत परिचित छन् ।

सम्मान ग्रहणपछि उनले पर्वतारोहण आफ्नो लागि नयाँ वा अनौठो अनुभव नभएको उल्लेख गर्दै लामो समयदेखि हिमाल आरोहणमा सक्रिय रहेको धारणा राखे । उनका अनुसार उनले हालसम्म सगरमाथामा १० पटक आरोहण गरिसकेका छन् भने ८ हजार मिटरभन्दा अग्ला हिमालहरू ३६ पटक सफलतापूर्वक चढेका छन् । समग्रमा उनले विश्वभरका करिब ७० वटा हिमाल आरोहण गरेको विवरण पनि सार्वजनिक गरेका छन् ।

पछिल्लो पटक उनी जेठ १३ गते बिहान ५:४० बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । उक्त आरोहणका क्रममा उनले संसद सचिवालयको झण्डा र प्रतीक चिन्हसमेत शिखरमा पुर्‍याएका थिए ।

३७ वर्ष उमेरका शेर्पाले विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण पूरा गर्ने सबैभन्दा कम उमेरका आरोहीको कीर्तिमानसमेत कायम गरेका छन् ।
 

ताजा खबर

सम्बन्धित खबर