२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

भारतबाट उद्धार गरिएका ४५३ नेपाली रुपन्देही प्रहरीको जिम्मामा, ठगी सञ्जालमा संलग्नताको आशंका

Nada
२०८३ जेठ १९ गते १३:०२
Shares
भारतबाट उद्धार गरिएका ४५३ नेपाली रुपन्देही प्रहरीको जिम्मामा, ठगी सञ्जालमा संलग्नताको आशंका

काठमाडौँ : भारतमा विभिन्न प्रलोभनमार्फत पुर्‍याइएका र गैरकानुनी तथा अनुचित गतिविधिमा संलग्न गराइएको अवस्थामा रहेका नेपाली नागरिकहरूको ठुलो समूहलाई उद्धार गरी नेपाल फर्काइएको छ ।

ncell

दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतको विभिन्न स्थानमा गरिएको समन्वित प्रहरी कारबाहीपछि ४५३ जना नेपाली नागरिकको उद्धार सम्पन्न भएको हो । उद्धार गरिएकामध्ये ११५ जना महिला र ३३८ जना पुरुष रहेका छन् ।

उद्धार कार्य भारत सरकारका सम्बन्धित निकाय तथा गैरसरकारी संस्थासँगको सहकार्यमा सम्पन्न गरिएको दूतावासले जनाएको छ । उत्तर प्रदेशको कुशीनगर क्षेत्रका विभिन्न स्थानमा गरिएको कारबाहीका क्रममा उनीहरू नेटवर्किङ फ्रडसँग सम्बन्धित गतिविधिमा फसेको प्रारम्भिक निष्कर्ष समेत उल्लेख गरिएको छ ।

उद्धार गरिएका सबै व्यक्तिलाई गत शनिबार नेपाल ल्याई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जिम्मा लगाइएको हो । त्यसमध्ये केही व्यक्तिमाथि शंकास्पद गतिविधिमा संलग्न भएको आशंकामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

रुपन्देही प्रहरीका अनुसार उद्धार गरिएकामध्ये ६ जना महिलासहित १९ जनालाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

दूतावासले उद्धार अभियान सफल बनाउन सहयोग गर्ने भारत सरकारका निकाय, उत्तर प्रदेश प्रहरी, नेपाल प्रहरी तथा अन्य सहयोगी संस्थाप्रति धन्यवाद व्यक्त गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर