२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

वीरगञ्ज महानगरका प्रमुख सिंहसँग धरौटी माग

Nada
२०८३ जेठ १९ गते १७:०७
Shares
वीरगञ्ज महानगरका प्रमुख सिंहसँग धरौटी माग

काठमाडौँ : जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसँग धरौटी माग गर्ने आदेश दिएको छ ।

ncell

जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले सिंहविरुद्ध दर्ता भएको मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै कुल ४ लाख १५ हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको अदालत स्रोतले जनाएको छ ।

अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार सिंहविरुद्ध लिखत कीर्ते तथा झुट्टा विवरण पेश गरेको आरोपमा दुई छुट्टाछुट्टै कसुर अन्तर्गत मुद्दा दर्ता भएको छ ।

आदेशअनुसार लिखत कीर्तेसम्बन्धी अभियोगमा ४ लाख रुपैयाँ तथा झुट्टा विवरण पेश गरेको अभियोगमा १५ हजार रुपैयाँ धरौटी निर्धारण गरिएको  छ । उक्त मुद्दाको थप कानुनी प्रक्रिया अदालतको आदेशअनुसार अघि बढ्ने जनाइएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर