२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

धवलशमशेर राणा र दुर्गा प्रसाईंबीच नयाँ राजनीतिक दल गठनबारे छलफल

Nada
२०८३ जेठ १९ गते १८:२९
Shares
धवलशमशेर राणा र दुर्गा प्रसाईंबीच नयाँ राजनीतिक दल गठनबारे छलफल

काठमाडौँ : नयाँ राजनीतिक दल गठनको तयारीका क्रममा रहेका राप्रपा परित्याग गरेका नेता धवलशमशेर राणा र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच भेटवार्ता भएको छ ।

ncell

मंगलबार भएको उक्त छलफलमा नयाँ दल निर्माण गर्ने सम्भावनाबारे प्रारम्भिक समझदारी बनेको स्रोतको भनाइ छ। छलफलका क्रममा एक ठाउँमा अघि बढ्ने विषयमा सहमति भए पनि पार्टीको नाम, संरचना तथा संगठन विस्तारको ढाँचाबारे भने विस्तृत गृहकार्यपछि निष्कर्षमा पुग्ने समझदारी भएको बताइएको छ ।

राणा हाल नयाँ राजनीतिक दल गठनको तयारीमा सक्रिय रहेका छन् भने प्रसाईँसँगको सहकार्यलाई पनि त्यसै प्रक्रियासँग जोडेर अघि बढाउने योजना रहेको स्रोतले जनाएको छ ।

यसबाहेक, तत्काल औपचारिक घोषणा नगरी केही समय प्रतीक्षा गर्ने र धार्मिक रूपमा चलिरहेको मलमास अवधि सकिएपछि राष्ट्रवादी विचारधारामा आधारित नयाँ दल सार्वजनिक गर्ने तयारी रहेको पनि स्रोतको दाबी छ । प्रस्तावित दलमा राजावादी तथा युवा पुस्ता जेन जेडको भावना समेट्ने प्रयास हुने उल्लेख गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर