२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रौतहटमा घरमै पासपोर्ट वितरण सेवा सुरु

Nada
२०८३ जेठ २० गते १८:५१
Shares
रौतहटमा घरमै पासपोर्ट वितरण सेवा सुरु

काठमाडौँ : सरकारी सेवा प्रवाहलाई घरदैलोमै पुर्‍याउने उद्देश्यसहित रौतहटमा पासपोर्ट वितरण सेवा औपचारिक रूपमा सुरु गरिएको छ । जिल्ला हुलाक कार्यालयमार्फत अब सेवाग्राहीले घरमै राहदानी प्राप्त गर्न सक्ने व्यवस्था लागू गरिएको हो ।

ncell

नयाँ व्यवस्थाअनुसार पहिलो सेवाग्राहीको रूपमा गौर नगरपालिका-२ का राजु राम रहेका छन् । रोजगारीका लागि भारतको गुजरातमा रहेका रामको राहदानी उनकी आमा गुडिया देवी ले प्राप्त गरेकी हुन् ।

सेवाको औपचारिक शुभारम्भ रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले गरे। कार्यक्रममा उनले सरकारी सेवा नागरिकको घरमै पुर्‍याउने नीति अन्तर्गत यो कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

घरमै राहदानी प्राप्त भएपछि सेवाग्राही परिवारले सहजता महसुस गरेको प्रतिक्रिया दिएका छन् । विशेष गरी वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नागरिकका परिवारलाई यो प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर