२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सांगठानिक सुदृढीकरणलाई प्राथमिकतामा राख्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

Nada
२०८३ जेठ २० गते १९:२३
Shares
सांगठानिक सुदृढीकरणलाई प्राथमिकतामा राख्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ : प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सांगठानिक शुद्धीकरण एवं सुदृढीकरणलाई प्राथमिकतामा राखेर जिम्मेवारी बहन गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् । 

ncell

हालै सरुवा भई आ-आफ्नो कार्यक्षेत्रमा जान लाग्नुभएका प्रहरी वरिष्ठ उपरीक्षकलाई आज प्रहरी  प्रधान कार्यालयमा निर्देशन दिँदै उहाँले प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी पारदर्शी, समयसापेक्ष एवं नागरिकमैत्री सेवाभावका साथ नतिजामुखी कार्यसम्पादन गर्न आग्रह गरे । 

महानिरीक्षक अर्यालले आफूलाई प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिक, जनमुखी, इमानदारी एवं निष्ठापूर्वक सम्पादन गर्न निर्देशन दिए। 

त्यसअवसरमा मानव स्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले पदीय जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न अनुरोध गरे ।

ताजा खबर

सम्बन्धित खबर