२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु

Nada
२०८३ जेठ २१ गते १६:४८
Shares
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपद्जन्य घटनामा पाँच जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु, रोल्पामा पाँच जनाको मृत्यु भएको हो । 

ncell

मकवानपुर, मोरङ, सिरहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा, कञ्चनपुरका भएका विपद्यन्ज घटनामा अन्य ११ जना घाइते भएका प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिए ।

उनका अनुसार रौतहट, बारा र कपिलवस्तुमा सर्पले डसेर एक महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो । रोल्पाको गंगादेव गाउँपालिका रातमाटामा खहरे भेलले बगाएर दुई बालकको मृत्यु भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

प्रवक्ता महतका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा २५ वटा विपद्जन्य घटना भएकामा ती घटनाबाट ६३ लाखभन्दा बढीको भौतिक क्षति भएको छ । 

ताजा खबर

सम्बन्धित खबर