२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सिरहाका १० पसलमा अनुगमन

Nada
मुकेश यादव
२०८३ जेठ २१ गते २१:४८
Shares
सिरहाका १० पसलमा अनुगमन

सिरहा : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको टोलीले सिरहाको बरियारपट्टी र सुखीपुर बजारका १० वटा पसलमा अनुगमन गरेको छ ।

ncell

कार्यालयका निमित्त प्रमुख सुनिल चौरसिया, सूचना अधिकारी मधुरेश प्रसाद साह, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रतिनिधि राकेश कुमार यादव तथा बरियारपट्टी गाउँपालिका वडा नं. १ का अध्यक्ष विनोद कुमार यादवसहितको टोलीले बरियारपट्टी बजारका श्याम गल्ला खरिद–बिक्री पसल, परी जनरल स्टोर, पिन्टु किराना जनरल स्टोर र निरज मोबाइल मर्मत केन्द्रमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा केही पसलमा म्याद गुज्रेका सामग्री, प्यान, भ्याट तथा घरेलु दर्ता प्रमाणपत्रको अभाव तथा खरिद–बिक्री अभिलेख नराखिएको पाइएको सूचना अधिकारी साहले जानकारी दिए । उनका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ र ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।

वडा अध्यक्ष विनोद कुमार यादवले बजार अनुगमन आवश्यक भए पनि साना व्यवसायीहरूलाई कानुनी व्यवस्था र प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा समस्या हुने गरेको बताए । उनले व्यवसायीलाई नियम–कानुनबारे सचेत गराउँदै अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।

त्यसैगरी सुखीपुर बजारका विकास कोल्ड सेन्टर, सन इन्टरप्राइजेज, विवेक सप्लायर्स एन्ड ट्रेडर्स, बी.पी. वस्त्रालय, अनुप ट्रेडर्स र ॐ साई इम्पेक्समा समेत अनुगमन गरिएको थियो ।

सुखीपुर उद्योग वाणिज्य संघका महासचिवले अनुगमनलाई सकारात्मक कदम भएको बताउँदै व्यवसायीहरूमा कानुनी तथा करसम्बन्धी जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताए । उनले भ्याट, कर प्रणाली र सरकारी नियमबारे व्यवसायीलाई नियमित रूपमा जानकारी गराउनुपर्नेमा जोड दिए ।

सम्बन्धित खबर