२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य

Nada
२०८३ जेठ २२ गते १२:०३
Shares
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन् । उदयपुरको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीबाट जाँदै गर्दा बीच बाटोमै साम्पाङ दुर्घटनामा परेका थिए ।

ncell

बिहीबार भएको उक्त दुर्घटनापछि अध्यक्ष साम्पाङको हातमा चोट लागेको र अवस्था सामान्य र सुधारोन्मुख रहेको छ । पार्टीका वरिष्ठ नेता सुदन किरातीले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै अध्यक्ष साम्पाङको अवस्थाबारे स्पष्ट पारेका हुन् । 

किरातीले लेखेका छन्, ‘हाम्रो श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ हिजो दुर्घटनामा परेको खबरले हामी सबैलाई चिन्तित बनाएको थियो, तर सामान्य चोटपटक मात्र भएकोले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र उहाँ आफ्नो दैनिकीमा सदाझैँ सक्रिय हुनुहुन्छ ।’

ताजा खबर

सम्बन्धित खबर