२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सभामुख अर्याल र अध्यक्ष दाहाल कञ्चनपुरमा

Nada
२०८३ जेठ २२ गते १५:५७
Shares
सभामुख अर्याल र अध्यक्ष दाहाल कञ्चनपुरमा

महेन्द्रनगर :  प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल पुगेका छन् । कैलालीको टीकापुरमा हुने अन्तर व्यवस्थापिका सम्मेलनमा सहभागी हुने सिलसिलामा उनीहरू त्यहाँ पुगेका हुन् । 

ncell

सभामुख अर्याल र अध्यक्ष दाहालसहितको टोलीले कञ्चनपुरका धार्मिक पर्यटकीय गन्तव्य, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधारा चादँनी सुक्खा बन्दरगाह र ब्रह्मदेव लगायतका क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

उनीहरूले भीमदत्त नगरपालिका–८ तिलौचौरस्थित भम्केनी धामको स्थलगत अवलोकन भ्रमण गरेको सभामुख अर्यालका निजी सचिव मधु मिजारले जानकारी दिए  ।

टोलीमा उपसभामुख रुवी कुमारी र राष्ट्रियसभा उपाध्यक्ष लिलाकुमारी भण्डारीलगायत सहभागी छन् ।

ताजा खबर

सम्बन्धित खबर