२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

विश्व वातावरण दिवस : शुभेक्षा पोलिटेक्निक कलेजद्वारा नागार्जुनमा वृक्षारोपण

Nada
२०८३ जेठ २२ गते २१:२१
Shares
विश्व वातावरण दिवस : शुभेक्षा पोलिटेक्निक कलेजद्वारा नागार्जुनमा वृक्षारोपण

काठमाडौं : विश्व वातावरण दिवसको अवसर पारेर नागार्जुनस्थित शुभेक्षा पोलिटेक्निक कलेजले वृक्षारोपण तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

ncell

कलेजका प्रमुख रामप्रसाद पौडेलको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा पूर्वमन्त्री तथा माननीय उद्धव थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले वातावरणीय सन्तुलन कायम राख्नका लागि वृक्षारोपणलाई एउटा जनआन्दोलनकै रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रमका विशेष अतिथि डा. होमप्रसाद अधिकारीले वातावरण संरक्षणका लागि शिक्षण संस्थाहरूले समाजमा सचेतना फैलाउन अग्रणी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । कलेजका सह-प्राचार्य पदमराज भट्टले स्वागत मन्तव्य राख्दै वातावरण संरक्षण आजको विश्वव्यापी आवश्यकता भएको बताए । कार्यक्रम सञ्चालन श्याम बडुले गरेका थिए ।

छहडोल क्षेत्रमा पनि वृक्षारोपण कलेज परिसरका साथै नागार्जुन नगरपालिकाको छहडोल क्षेत्रमा समेत बृहत् वृक्षारोपण गरिएको छ । स्थानीय जनप्रतिनिधि, विभिन्न सामाजिक संघसंस्था, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागितामा विभिन्न प्रजातिका बिरुवाहरू रोपेर हरियाली प्रवद्र्धनको संकल्प गरिएको थियो ।

सन् १९७२ मा संयुक्त राष्ट्र संघले आयोजना गरेको स्टकहोम सम्मेलनको स्मरणमा हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउने गरिन्छ । वातावरणीय प्रदूषण, जलवायु परिवर्तन र जैविक विविधताको संरक्षणबारे विश्वव्यापी चेतना जगाउनु नै यस दिवसको मुख्य उद्देश्य हो ।

कार्यक्रमको समापन गर्दै कलेजका अध्यक्ष रामप्रसाद पौडेलले वातावरण संरक्षण केवल सरकारको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएको उल्लेख गरे । उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वातावरणप्रति उत्तरदायी बन्ने र सकारात्मक सोचको विकास हुने विश्वास व्यक्त गर्दै रोपिएका बिरुवाको संरक्षणमा निरन्तरता दिन सबैलाई आग्रह समेत गरे ।

ताजा खबर

सम्बन्धित खबर