
काठमाडौँ : पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङ बालाजु प्रहरी कार्यालयमा पुगेका छन् ।
नेपाली सेनामा कार्यरत ईश्वरी भुजेलको गए राती नेपाली ब्रो नामक कुमार थापा मगरले हत्या गरेपछि पूर्वगृहमन्त्री गुरुङ बालाजु प्रहरी कार्यालयमा पुगेका हुन् ।
गुरुङले प्रहरीलाई सत्य तथ्यसहित छानबिन गर्न अनुरोध गरेको उनको सचिवालयले जनाएको छ । गुरुङले भुजेलकी आमा र दिदीलाई भेटेर घटनाबारे जानकारी लिएका थिए । गोरखाकी भुजेल गुरुङकै निर्वाचन क्षेत्रकी बासिन्दा भएको सचिवालयले जनाएको छ ।