२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते

Nada
२०८३ जेठ २३ गते १७:१८
Shares
दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते

काठमाडौँ : दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो जिप एक आपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् ।

ncell

मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–३ धारा ढोला स्थित दक्षिणकाली सडकखण्डमा हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा बोलेरोका चालकसहित दुवै सवारी साधनमा सवार १४ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर र १० जनाको अवस्था मध्यम रहेको छ । सबै घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । सुमो चालकलाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा खबर

सम्बन्धित खबर