२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

ईश्वरी हत्या प्रकरण : ‘नेपाली ब्रो’ सहित ४ जना पक्राउ, अनुसन्धान गर्न ५ दिन म्याद थप

Nada
२०८३ जेठ २४ गते १८:१२
Shares
ईश्वरी हत्या प्रकरण : ‘नेपाली ब्रो’ सहित ४ जना पक्राउ, अनुसन्धान गर्न ५ दिन म्याद थप

काठमाडौँ :  ईश्वरी भुजेलको मृत्यु घटनासँग सम्बन्धित आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार अदालतबाट पाँच दिनको म्याद लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

ncell

प्रहरीका अनुसार पक्राउ परेकामध्ये भुजेलका श्रीमान् कुमार थापा पनि छन् । उनीसँगै अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको जनाइएको छ ।

प्रारम्भिक अनुसन्धानका आधारमा काठमाडौँको तारकेश्वर नगरपालिका-६, लोलाङ पैँयुटार क्षेत्रमा भएको घरायसी विवादका क्रममा भुजेलमाथि धारिलो हतियार तथा फलामको रड प्रयोग भएको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक भुजेल नेपाली सेनामा कार्यरत रहेको र घटनासम्बन्धी दर्ता भएको जाहेरीका आधारमा अन्य तीन जनालाई समेत पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

यस प्रकरणमा पक्राउ परेका अन्य व्यक्तिहरूमा नुवाकोट तारकेश्वर-४ का विक्रम थापा मगर, काठमाडौँ बालाजुमा बसोबास गर्ने पुजन थापा क्षेत्री तथा जुम्ला स्थायी घर भई हाल काठमाडौँको गोकर्णेश्वर क्षेत्रमा बस्दै आएकी प्रतीक्षा आचार्य रहेका छन् ।

प्रहरीका अनुसार शुक्रबार राति भएको घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

घटनाको वास्तविक कारण र संलग्नताको विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर