२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सूर्यदर्शन सहकारी ठगी प्रकरण : १७ करोड बिगो कबुलपछि महेन्द्र भोटे ५ लाख धरौटीमा रिहा

Nada
२०८३ जेठ २४ गते १८:३९
Shares
सूर्यदर्शन सहकारी ठगी प्रकरण : १७ करोड बिगो कबुलपछि महेन्द्र भोटे ५ लाख धरौटीमा रिहा

काठमाडौँ : कास्कीस्थित पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका महेन्द्र भोटे धरौटीमा रिहा भएका छन् ।

ncell

अदालतमा १७ करोड रुपैयाँ बिगो तिर्ने कबुल गरेका भोटेले ५ लाख रुपैयाँ धरौटी बुझाएपछि रिहाइ पाएका हुन् । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

उनीमाथि कुल १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बराबरको बिगो माग गरिएको छ, जसलाई जाहेरवालालाई भराइदिनुपर्ने दाबी गरिएको छ ।

प्रकरणबारे न्यायिक प्रक्रिया अघि बढिरहेको र बाँकी विषयमा थप कानुनी कारबाही जारी रहने जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर