२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

बजेट निर्माण प्रक्रियामा अनियमितता नभएको सरकारको दाबी

Nada
२०८३ जेठ २६ गते १३:०७
Shares
बजेट निर्माण प्रक्रियामा अनियमितता नभएको सरकारको दाबी

काठमाडौँ : सरकारले आर्थिक विधेयक तथा बजेटसँग सम्बन्धित विषयमा उठाइएका आरोपलाई अस्वीकार गर्दै बजेट निर्माण प्रक्रियामा कुनै प्रकारको चलखेल नभएको जनाएको छ ।

ncell

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले अर्थमन्त्रीले पर्याप्त मेहनत र तयारीका साथ बजेट प्रस्तुत गरेको उल्लेख गर्दै त्यसप्रति सरकारको पूर्ण समर्थन रहेको बताए ।

उनले बजेट तथा आर्थिक विधेयकसँग जोडेर सार्वजनिक भइरहेका आरोपमा कुनै सत्यता नरहेको दाबी गर्दै सरकारले पारदर्शी ढंगबाट काम गरेको धारणा व्यक्त गरे ।

करका दरसम्बन्धी सूचना बाहिरिएको, बीवाईडी विद्युतीय सवारीसाधनको भन्सार पास प्रक्रियासँग सम्बन्धित विषय तथा अर्थ मन्त्रालयबाट अनधिकृत रूपमा करका दर परिवर्तन गरिएको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दलहरूले संसदीय छानबिन समिति गठनको माग गरिरहेका बेला सरकारको तर्फबाट यस्तो धारणा सार्वजनिक भएको हो ।

ताजा खबर

सम्बन्धित खबर