२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्रतिनिधिसभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन

Nada
२०८३ जेठ २६ गते १४:१७
Shares
प्रतिनिधिसभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन

काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले संसदको मर्यादा र नियमावलीको पालना गर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

ncell

बैठक सञ्चालनका क्रममा प्रतिपक्षी सांसदहरूले सभाको स्थापित पद्धति विपरित व्यवहार गरेको भन्दै उनले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति दिएका थिए ।

त्यसपश्चात प्रतिपक्ष दलहरुले सदन अवरोध गर्दै आएका छन् । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मंगलवारको बैठकमा शहीदप्रति बेन्चबाटै मौनधारण गरे । मौनधारणपछि सदनलाई सम्बोधन गर्दै अर्यालले प्रतिनिधिसभा नियमावलीअनुसार बैठक सभामुखले सञ्चालन गर्ने स्पष्ट व्यवस्था रहेको स्मरण गराए ।

प्रतिपक्षी दलका सदस्यहरूले फरक विषयमा समय माग गरेपछि सभामुखले समय उपलब्ध गराएको अवस्थामा पनि, सदस्यहरूले हलबाटै आफैं समय तोकेर सभा सञ्चालन गर्न खोज्नु संसद्को अपमान भएको उनको तर्क थियो । 

उनले आगामी दिनमा यस्ता गतिविधि नदोहोर्‍याउन र सभालाई नियमानुसार मर्यादित ढंगले सञ्चालन गर्न सबै सदस्यहरूलाई सहयोगका लागि सचेत गराएका छन् । संसदीय प्रणाली र स्थापित परम्पराको पूर्ण पालना गर्दै सदनको गरिमा उच्च राख्न उनले जोड दिए ।

ताजा खबर

सम्बन्धित खबर