
काठमाडौं : नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतल निवासमा विशेष समारोहकाबीच नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् । मन्त्रीमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्त गर्न सिफारिस गरेका थिए ।
प्रधानमन्त्रीको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले मंगलबार नै गुरुङ र पुनलाई मन्त्री नियुक्त गरेका थिए ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, मन्त्रिपरिषद्का सदस्यलगायतको सहभागिता थियो ।