२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

एन्फामाथि बाह्य हस्तक्षेप नगर्न फिफा-एएफसीको आग्रह

Nada
२०८३ जेठ २७ गते १२:४७
Shares
एन्फामाथि बाह्य हस्तक्षेप नगर्न फिफा-एएफसीको आग्रह

काठमाडौँ : विश्व फुटबलको नियामक संस्था फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक व्यवस्थापनमा बाह्य हस्तक्षेप अन्त्य नभए नेपालमाथि अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा निलम्बनको प्रक्रिया अघि बढाइने चेतावनी दिएका छन् ।

ncell

एन्फाले हालै सार्वजनिक गरेको फिफा र एएफसीको संयुक्त पत्रअनुसार उक्त पत्र २०२६ जुन ५ मा प्राप्त भएको थियो । पत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जेठ २ गते एन्फामाथि लगाइएको निलम्बन हटाएको भए पनि चैत १२ मा गरिएका अन्य निर्णयहरू यथावत् रहेको उल्लेख गरिएको छ ।

राखेपले एन्फालाई निर्वाचन प्रक्रिया स्थगित गर्न, विधान संशोधन गर्न तथा जिल्ला फुटबल संघहरूको निर्वाचन सञ्चालन गर्न दिएको निर्देशनलाई फिफा र एएफसीले फुटबल प्रशासनमा ‘तेस्रो पक्षको अनुचित हस्तक्षेप’ का रूपमा व्याख्या गरेका छन् ।

संयुक्त पत्रमार्फत फिफा र एएफसीले एन्फाका महासचिव किरण राईमार्फत सम्बन्धित निकायलाई चैत १२ मा गरिएका निर्णय पूर्ण रूपमा फिर्ता लिइएको लिखित प्रतिबद्धता आगामी जेठ २८ गतेभित्र उपलब्ध गराउन आग्रह गरेका छन् ।

पत्रमा तोकिएको समय सीमाभित्र सन्तोषजनक जवाफ प्राप्त नभए नेपाललाई अन्तर्राष्ट्रिय फुटबल गतिविधिबाट निलम्बन गर्ने विषय फिफा काउन्सिलसमक्ष प्रस्तुत गरिने स्पष्ट उल्लेख गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर