२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सांसद बोल्ने, सरकार नसुन्ने यो परम्परा अब अन्त्य हुनुपर्छ : विपिन आचार्य

Nada
२०८३ जेठ २८ गते १२:४२
Shares
सांसद बोल्ने, सरकार नसुन्ने यो परम्परा अब अन्त्य हुनुपर्छ : विपिन आचार्य

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिनकुमार आचार्यले सांसद बोल्ने, सरकार नसुन्ने जनता कराउने, व्यवस्था नसुन्ने परम्परा अन्त्य हुनुपर्ने बताएका छन् । उनले संसदमा जन पक्षीय मुद्दाहरू उठाए पनि सरकारले त्यसलाई बेवास्ता गरिरहेको उनले टिप्पणी गरेका छन् ।

ncell

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै आचार्यले भने-‘यदि शून्य समयमा हामीले बोलेका कुरा सुनिन्छन्, टिपिन्छन् र कार्यान्वयनको प्रक्रियामा जान्छन् भने यसलाई शून्य समय होइन, पूर्ण समय भनौँ । तर यदि जनताका पीडा र सांसदका प्रश्नहरू बोले पनि शून्यमै बिलाउने हुन् भने यसको नाम ‘ब्ल्याक होल समय’ राखौँ ।’

ब्ल्याक होलमा प्रकाशसमेत हराएझैँ संसदमा नागरिकको आवाज, जनप्रतिनिधिको जबाफदेहिता र सरकारको जिम्मेवारी हराउनु नहुने उनको भनाइ थियो ।

शून्य समय केवल बोल्ने औपचारिकता नभई यो जनताको पीडा संसदमा प्रवेश गर्ने संवैधानिक ढोका भएको उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर