२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्रधानमन्त्रीले आम मतदाताको हुर्मत लिने काम गरिरनुभएको छ : महर

Nada
२०८३ जेठ २८ गते १३:०७
Shares
प्रधानमन्त्रीले आम मतदाताको हुर्मत लिने काम गरिरनुभएको छ : महर

काठमाडौं : प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री वालेन्द्र शाहले आम मतदाताको हुर्मत लिने काम गरिरहेको आरोप लगाएका छन् ।

ncell

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकार र प्रधानमन्त्री साहको पटक पटकको गतिविधिले नेपाली जनता, संसद र जनमतको हुर्मत लिने र अपमान गर्ने काम भइरहेको जिकिर गरेका हुन् ।

प्रमुख सचेतक महरले प्रधानमन्त्री र सरकारका राष्ट्रघाती कदमहरुले आफूलाई नै लज्जित बनाएको पनि बताए । उनले जनतासँग कामै गरेर देखाउने भनेर आएको दलको सरकारले जनता विरोधी काम गरेको देख्दा दुःख लागेको पनि बताए ।

प्रमुख सचेतक महरले सरकारले देश र जनतामाथि विश्वास घात गरिरहेको पनि बताए ।

ताजा खबर

सम्बन्धित खबर