२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

बंगुरको मासु खादा एउटै गाउँका १६ जना बिरामी

Nada
२०८३ जेठ २८ गते १५:१८
Shares
बंगुरको मासु खादा एउटै गाउँका १६ जना बिरामी

काठमाडौँ : बंगुरको मासु खादा एउटै गाउँका १६ जना बिरामी परेका छन् ।

ncell

नवलपरासी (पूर्व) को कावासोती नगरपालिका–१४, हेगौलीमा बंगुरको मासु खाएपछि एउटै गाउँका १६ जना बिरामी परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १०५ घरधुरीका स्थानीयवासीले जेठ २३ गते बंगुर काटेर सामूहिक भोज गरेका थिए । भोजमा सहभागीमध्ये ४४ वर्षीया रामकुमारी महतोसहित १६ जनामा ज्वरो आउने, बान्ता हुने तथा पखाला लाग्ने जस्ता स्वास्थ्य समस्या देखिएको हो ।

बिरामी परेकाहरूलाई स्थानीय प्रहरीको सहयोगमा मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा पुर्‍याई उपचार भइरहेको जनाइएको छ। घटनाबारे सम्बन्धित निकायले थप जानकारी संकलन गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर