२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको विषयमा आवश्यक कदम चालिनेछ : सरकार

Nada
२०८३ जेठ २९ गते १७:५२
Shares
सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको विषयमा आवश्यक कदम चालिनेछ : सरकार

काठमाडौँ : पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मी प्रवेश गरेको घटनाबारे सरकारले आवश्यक कूटनीतिक तथा प्रशासनिक कदम चाल्ने जनाएको छ ।

ncell

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सुस्तावासीको भूमि रक्षाप्रतिको योगदानको प्रशंसा गरेका छन् ।

‘सुस्तामा बसोबास गर्ने नागरिकहरूले आफ्नो भूमि जोगाएर बसेका छन् । उहाँहरूको भूमि रक्षाप्रतिको समर्पणप्रति सम्मान व्यक्त गर्नुपर्छ,’ उनले भने, ‘यस विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक पहल र कदम चाल्नेछ ।’

शुक्रबार सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेपछि स्थानीयवासी र सुरक्षाकर्मीबीच विवाद भएको भएको थियो । भारतीय सुरक्षाकर्मी नेपाली भूमि प्रवेश गरेपछि उनीहरूले त्यसको विरोध तथा प्रतिकार गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर