२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

काभ्रे बस दुर्घटना: मृत्यु भएका आठै जनाको पहिचान खुल्यो

Nada
२०८३ जेठ ३० गते १४:५३
Shares
काभ्रे बस दुर्घटना: मृत्यु भएका आठै जनाको पहिचान खुल्यो

काठमाडौँ : काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ को बुच्चाकोटमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउने सबै ८ जनाको पहिचान खुलेको छ ।

ncell

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार ज्यान गुमाउनेहरूमा सिन्धुलीको घ्यालेख गाउँपालिका–४ का २२ वर्षीया सूर्म लामा, नेपाली सेनामा अमल्दारका रूपमा कार्यरत दैलेखका ३० वर्षीय बमबहादर भण्डारी, रोशी गाउँपालिका वडा नम्बर ६ का ७३ वर्षीय मेघबहादुर तामाङ र रोशी–६ का ७५ वर्ष इन्द्रबहादुर तामाङ रहेका छन् । 

यस्तै रोशी–६ का ५५ वर्षीय राजु तामाङ, रोशी–७ की ३४ वर्षीया फूलमाया तामाङ, रोशी–७ की ६० वर्षीया माया लामा र रोशी–८ की ६० वर्षीया प्यारीमाया तामाङको पनि ज्यान गएको छ ।

बनेपाबाट रोशी गाउँपालिका वडा नम्बर ६ स्थित सुघुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस हिजो बीपी राजमार्गअन्तर्गत नमोबद्धमा दुर्घटनामा परेको थियो । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा १७ जना घाइते भएका थिए । 

ताजा खबर

सम्बन्धित खबर