२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

भारतसँग देखिएको चिया निर्यातसम्बन्धी समस्या तत्काल समाधान गर्न माग

Nada
२०८३ असार १ गते १४:३६
Shares
भारतसँग देखिएको चिया निर्यातसम्बन्धी समस्या तत्काल समाधान गर्न माग

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद जयन्तिदेवी राईले भारतसँग देखिएको चिया निर्यातसम्बन्धि समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छन् । 

ncell

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले चियासहित नेपाली किसानको उत्पादन निर्यातमा देखिएको सबै समस्या समाधान हुने गरी उपयुक्त विकल्प तय गर्न पनि सरकारलाई सचेत गराइन् ।

सांसद राईले भारतसँग निर्यात ठप्प हुँदा नेपालका चिया उद्योगहरु बन्द हुने अवस्था पुगेकाले सरकारले उक्त समस्या समाधानका लागि तत्काल भारत सरकारसँग वार्ता गर्नुपर्ने बताइन् ।

सांसद राईले किसानलाई आत्मनिर्भर बनाउने काममा सरकार गम्भिरता बन्नुपर्ने जरुरी रहेको पनि बताइन् ।

सम्बन्धित खबर